नुवाकोटको ओखरपौवामा फोहोर बोक्ने ट्रकको ठक्करबाट एक बालकको मृत्यु, एक घाइते
१९ चैत, नुवाकाेट । नुवाकाेटकाे ककनी गाउँपालिका वडा नं २ मा फाेहाेर बाेक्ने ट्रककाे ठक्करबाट एक बालककाे मृत्यु भएकाे छ भने एक बालक घाइते भएका छन् । मृत्यु हुनेमा स्थानिय १४ वर्षीय संजाेग सुचिकार रहेकाे स्थानिय बैकुण्ठ घिमिरेले जानकारी दिएका छन् ।

फोहोर बाेक्ने बा २ ख ९६४७ को ट्रकले ठक्कर दिँदा उक्त घटना घटेकाे हाे । ट्रककाे ठक्करबाट घाइते भएका सुचिकारकाे टोखा स्थित ग्रयाण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घिमिरेले दैनिकीलाई जानकारी दिए ।

प्रकाशित मिति : 17:25









