नेपाल बारमा प्रगतिशील समुहको अग्रता कायमै
१९ चैत, काठमाडौँ । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहले अग्रतालाई बढाउदै लगेको छ ।

सात ठाउँको मतगणना सकिँदा प्रगतिशीलका तर्फबाट अध्यक्षका उम्मेद्धार चण्डेश्वर श्रेष्ठले ९४ मतको अग्रता लिनु भएको छ । गणना भएको ५०२ मत मध्ये अध्यक्षमा प्रगतिशील समूहका श्रेष्ठले ३५२ र लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेलले २५८ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, महासचिवमा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले ३३६ मत र लोकतान्त्रिक समूहका लीलामणि पौडेलले २५८ मत प्राप्त गर्नुभएको छ । यो समाचार तयार पार्दासम्म झापा, इलाम र उच्च अदालत विराटनगर, धनकुटा, उदयपुर, सिराहा, बारासम्मको मत गणना भईसकेको छ ।
प्रकाशित मिति : 15:42







