३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

भिनाजुसँग प्रेममा परेपछि श्रीमतिले गरिन् आफ्नै श्रीमानकाे गोली हानेर हत्या

१९ चैत, बुटवल । भिनाजुसँग प्रेममा परेपछि श्रीमतिले आफ्नै श्रीमानकाे गोली हानेर हत्या गरेकाे खुलासा भएकाे छ । गत  चैत १३ गते साँझ ८ बजेतिर बुटवल उपमहानगरपालिका–१ गढीटोलमा भारतीय नागरिक फिरोज खानको हत्या गराउने उनकै श्रीमति भएकाे प्रहरीले बताएकाे छ ।

भारतको बिहार प्रदेशको बेतिया पश्चिम घर भएका कादिर अन्सारीसँग प्रेम सम्बन्ध राख्दै आएकी साइनले उनीसँग मिलेर पतिको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए । फिरोज विगत १५ वर्षदेखि बुटवल मैनावगरस्थित ज्योति मोटर वर्कशप एण्ड इन्जिनियरिङमा काम गर्दै आएका थिए ।

‘कादिर (भिनाजु) सँग साइना लामो समयदेखि हप्ता–हप्तामा बुटवल आएर विभिन्न ठाउँमा बस्दै, भेटघाट गर्ने गरेकाे प्रहरीले जनाएकाे छ ।

अन्सारी नवलपरासीको त्रिवेणी हुँदै बुटवल आएर आफैंले गोली चलाएको प्रहरीले बताएको छ । हत्या गरेपछि अन्सारी त्रिवेणी हुँदै भारततर्फ भागेको देखिन्छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले साइनालाई भोलिपल्ट नै पक्राउ नगरेको भए उनी पनि भाग्ने योजना बनाएको बताए । साइन अहिले प्रहरीको हिरासतमा छिन् ।

४३ वर्षीया फिरोजले कहिल्यै पनि मोबाइल फोन प्रयोग गर्ने गरेका थिएनन् । वर्कशपबाट काम सकेर कोठातर्फ आउँदै गर्दा डेरानजिकै खानलाई कादिरले गोली प्रहार गरेको पत्ता लागेको छ । गोली प्रहारबाट गम्भीर घाइते खानलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउँदा पत्नी साइन आएकी थिइनन् ।

मृतककी पत्नी साइना र अन्सारीबीचको निरन्तर फोन सम्पर्कबाट पटक–पटक भेट हुने गरेको देखिन्छ । उनका ९ र १० वर्षीया छोराहरू रेहान र ऐशन आफन्तको सहयोगमा भारत घर गइसकेका छन् ।

मल्लले भने, ‘हामीले अनुसन्धान गर्दा पत्नी साइनामा कुनै पीडा बोध देखिएको थिएन । उनले हत्या हुँदा कोठाभित्र थिए भनेर बयान दिइन् । तर छोराहरूले पटका पड्किएजस्तै आवाज आएपछि मम्मी कोठामा आउनुभएको हो भने । यसले दुवै जनाले योजनाबद्ध रुपमा हत्या गरेको देखिन्छ ।

 

 

 

प्रकाशित मिति : 15:15