३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश ३ सरकारले १ करोड सहयोग गर्ने

१९ चैत, हेटौंडा । बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश ३ सरकारले १ करोड सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश २ सरकारमार्फत १ करोड सहयोग गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री पौडेलले तत्कालका लागि १ करोड सहयोग गरेपनि अन्य सहयोग पनि जारी रहने बताए । विपद्को घडिमा यो वा त्यो प्रदेश नभनी सहयोग गर्नुपर्ने उनको भनाइ थियो । साथै मुख्यमन्त्री पौडेलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली, आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

मंगलबार बसेको बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश विउ विजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ स्विकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : 12:01