३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुरीप्रभावित क्षेत्र जाँदै

१९ चैत, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्सामा हावाहुरीले क्षति गरेका स्थानकाे आज निरीक्षण गर्ने भएका छन्। सभापति देउवा टोलीसहित हावाहुरी प्रभावित क्षेत्रमा जानेछन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि अहिले बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्ने उनको निजी सचिवालयले जनाएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी टोली हावाहुरी प्रभावित क्षेत्र पुगेको थियो। त्यस क्रममा प्रधानमन्त्री ओलीले अस्पतालमा उपचाररत घाइतेलाई भेटेका थिए।

आइतबार साँझ आएको हावाहुरीले बारामा मात्रै २६ जनाको ज्यान गएको छ भने पर्सामा एक जनाको मृत्यु भएको छ। सयौं घाइते भएका छन्।

प्रकाशित मिति : 10:00