काठमाडौँको बालाजुमा राेकेर राखेको बसमा अज्ञात समुहद्धारा आगजनी, २ जना पक्राउ
१८ चैत, काठमाडौँ । काठमाडौँको बालाजुमा राेकेर राखेको बसमा अज्ञात समुहले आगजनी गरेका छन् । बालाजु चोक नजिकै राेकेर राखेको बा ४ ख ३०८५ नम्बरको बसमा सोमबार राती आगजनी भएको हो ।

आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसमा आगजनीको खरबसँगै दमकल र प्रहरी आगो निभाउन पुगेपनि त्यतिबेलासम्म बस पूर्णरुपमा क्षतिग्रस्त बनिसकेको थियो । प्रहरीले घटनमा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।
प्रकाशित मिति : 22:53







