बाराका हावाहुरी प्रभावित क्षेत्रमा पुगे धुर्मुस, ४ सय परिवारलाई राहत सामाग्री बितरण
१८ चैत, काठमाडौँ । धुर्मुस–सुन्तली फाउण्डेसनले बाराको अति प्रभावित फेटा गाउँपालिका अध्यक्ष अमिरिलाल प्रसाद शाहको रोहवरमा ४ सय परिवारलाई चामल, त्रिपाल, चाउचाउ हस्तान्तरण गरेकाे छ । हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस)ले हावाहुरी प्रभावित परिवारलाई सोमवार राहत सामग्री वितरण गरेका हुन् ।

चितवनमा गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा जुटेका सिताराम हावाहुरीले ठूलो क्षति पुर्याएको जानकारी पाउनासाथ राहत सामग्री लिएर बारा पुगेका थिए ।

प्रकाशित मिति : 19:55







