३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

सेती हाइड्रो पावरमा कार्यरत ओभरसियर दीपेन्द्र ओली सेती नदीमा बगेर बेपत्ता

१८ चैत, डोटी । डोटीको सेती नदीमा बगेर एक जना बेपत्ता भएका छन् । डोटीको बोगटा फुड्सिल गाउँपालिका क्षेत्रमा निर्माण भइरहेको सेती हाइड्रो पावरमा कार्यरत रुकुम घर भएका ओभरसियर दीपेन्द्र ओली आज सेती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माँझीले जानकारी दिनुभयो ।

फाइल फाेटाे

अछाम र डोटीको सीमा क्षेत्रसमेत रहेको उक्त स्थानमा काठको डुङ्गाद्वारा सेती नदी तर्ने क्रममा खसेर ओली बेपत्ता भएको सेती हाइड्रो पावर निर्माणको ठेक्का पाएको रिडाक नेपाल कन्सल्टेन्सीका मिनजंग शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “डुङ्गा तर्नेक्रममा हाम्रा प्राविधिक बगेका छन् । बिहानदेखि खोजी गर्दैछौँ, भेटाउन सकेका छैनौँ ।” नदीमा बेपत्ता भएका ओलीको खोजी कार्य तीव्ररुपमा भइरहेको र ठाउँठाउँमा प्रहरी टोली पठाइएको डोटीका प्रहरी प्रमुख विद्यानन्द माझीले बताउनुभयो ।

प्रकाशित मिति : 19:12