नायिका सुष्मा कार्की चढेको मोटरसाइकल दुर्घटना, नायिका कार्की घाइते
१८ चैत, काठमाडौं । नेपालको पहिलो महिला प्रोडक्सन कन्ट्रोलर एवं चरित्र अभिनेत्री सुष्मा कार्की चढेकाे माेटरसाइकल नक्सालमा दुर्घटना भएकाे छ । दुर्घटना हुँदा नायिका कार्की घाइते भएकी छिन् । प्राप्त खबर अनुसार उनको देब्रे हातमा चोट लागेको छ भने खुट्टामा पनि समस्या देखिएको छ ।

अभिनेत्री कार्कीको हाल ललितपुरस्थित मेघा अस्पतालमा उपचार भइरहेको नुवाकोटका कांग्रेस जिल्ला सभापति जगदिशनर सिंह केसीले जानकारी दिए ।
प्रकाशित मिति : 19:14









