नारायणी अस्पतालमा घाइते र कुरुवाका लागि निःशुल्क खाना
१८ चैत, पर्सा । नारायणी अस्पतालमा उपचाररत घाइतेहरुको लागि स्थानीय सद्भाव समिति, सानो पाइला, र वीरगञ्ज युवा समाज, लायन्स क्लबलगायत अरु विभिन्न संस्था र व्यक्तिगत सहयोगमा अस्पताल परिसरमै खाना पकाउने र ख्वाउने क्रम चलिरहेको वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाइँले जानकारी दिए ।

अहिलेसम्म बिरामी र कुरुवा गरी ५ सयभन्दा बढीलाई खाना खुवाइएको उनले बताए । उनले विपदको घडीमा स्थानीय राजनीतिक दल, संघसंस्था एकजुट भएर सहयोगमा जुटेको पनि बताए ।
प्रकाशित मिति : 18:42







