१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

चीनमा रुखमै चरा फुल्दछन् (फोटोफिचर)

१८ चैत, चिन । चीनकाे उत्तरी भागमा रूखहरूमै चरा फूल्ने गरेका छन् । म्यागनोलिया भनिने रुखमा जब फूलकेा कोपिला फक्रिन थाल्दछ तब हाँगामा चरा नै उम्रिएजस्तो देखिने गर्दछ । याे फूल चराजस्तै देखिन्छ । रुखमा लटरम्म फूल फूलेको बेला हाँगैभरी चराहरु झुम्मिएको जस्तो देखिन्छ ।

वसन्त ऋतुमा फूल फूल्ने रुखहरू चीनमा पाइन्छ ।   फूल निकै बासनादार र सुन्दर हुन्छ । म्यागनोलियाको रुख १ देखि २० मिटरसम्म अग्लो हुन्छ । यसको फूल् शुद्धता, वसन्त, आकर्षण र सुन्दरताको प्रतिक मानिन्छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार १६:५५