११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

दर्ता गरेर पोर्न साइट चलाउन पाइन्छः सञ्चारमन्त्री बाँस्कोटा

१८ चैत, काठमाडाैँ । सिंहदरबारमा सोमबार बसेको संघीय संसदको विकास तथा प्रविधि समिति बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विषयमा जानकारी गराएका छन् ।

नेपालमा दर्ताबिनै सञ्चालनमा रहेका ४ लाख ५५ हजार पोर्न साइटमा कडाइ गरेकाे मन्त्री बाँस्कोटाले बताएका छन् ।  पोर्न साइट बिना दर्ता चलाउन नपाइने व्यवस्था नेपालमा पनि लागु हुने मन्त्री बाँस्कोटाले बताए । यदी कसैले दर्ता नगरी पोर्न साइटमा चलाए कानुन लाग्ने मन्त्रीले बताएका छन् ।

मन्त्री बाँस्कोटाले कसैको व्यक्तिगत जीवनमा आँच पुग्ने प्रकारका अमर्यादित किसिमका पोस्ट गर्ने, ललाईफकाई गरेर करणी गर्ने व्यक्तिलाई कारबाहीका लागि नेपालमा हालसम्म छुट्टै ऐन नभएकाले सूचना तथा प्रविधि नियमन ऐन जारी गर्न लागिएको जानकारी दिएका छन् ।

नेपालमा हाल ९३ लाख फेसबुक र ४० लाख ट्वीटर प्रयोगकर्ता रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । जसमा फेसबुक कम्पनीलेमात्रै नेपालबाट वार्षिक १२ अर्ब रुपैयाँ लैजाने गरेको बताइएको छ । “यो रकममा केही प्रतिशत कर लगाउने हाम्रो लक्ष्य हो,” मन्त्री बाँस्कोटाले भने ।

पोर्न साइट साथै सामाजिक सञ्जालका व्यक्तिगत एकाउन्ट दर्ता गरेर सञ्चालन गर्ने व्यस्था गर्दा विभिन्न क्षेत्रमा लगानी गरेका व्यवसायिको लगानी डुब्छ भन्ने हल्ला आधारहीन भएको पनि मन्त्री बाँस्कोटाले बताए । “सामाजिक सञ्जाल र विभिन्न साइटहरु दर्ता गरेर चलाउँदा लगानीकर्ताको आकर्षण घट्दैन ।

प्रकाशित मिति : April 1, 2019 at 3:27 pm