१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सिफनकाे साडी लगाएर हेमा मालिनी खेतमा गहुँ काट्न गएपछि…

१८ चैत, भारत । बलिउडकी चर्चित अभिनेत्री एवं बिजेपी सांसद हेमा मालिनी खेतमा गहुँ काट्न पुगेकी छिन् । मार्च ३१ मा चुनावी अभियान सुरू गरेकी मालिनी खेतमा गहुँ काट्न पुगेकी हुन् । मालिनी अगाडिनै सांसद छिन् र २०१९ लोकसभा चुनावमा पुनः मथुराबाट चुनावी मैदानमा उत्रिएकी हुन् ।

सामाजिक संञ्जालमा गहुँ बारीमा खिचाएकाे तस्विर सेयर गर्दै मालिनीले गाेवर्धन क्षेत्रबाट क्याम्पेन सुरू गरेकाे जानकारी दिएकी छिन् ।मालिनीले खेतमा काम गरिरहेका महिलासँग कुरा गर्ने मौका पाएकाेमा खुसी व्यक्त गर्दै पहिलो दिनको चुनावी अभियानका केही फोटो सामाजिक संञ्जालमा सेयर गरेकी हुन् ।

हेमा मालिनीले खेतमा बाली काटेको फोटो १२ घण्टामा नै करिब एक हजार मानिसले कमेन्ट गरे । थुप्रै प्रशंसकले उनलाई पुनः जित हासिल गर्न शुभकामना दिए भने कतिले उनीमाथि स्टन्ट गरेको आरोप लगाए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार १०:५५