३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

सिण्डिकेटधारी स्वास्थ्य संस्थाको चलखेल समाप्त, मलेसियाका लागि नयाँ सूचीकरण सुरू

१८ चैत, काठमाडाैँ । कराेडो रूपैयाँ बोकेर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नै फेर्छु भनेर दाैडधुप गर्ने म्यानपावर सञ्चालकहरूको सबै अबैध धन्दा अन्ततः सकिएको छ । अब उनीहरूको चलखेलको ठाउँनै पूर्ण रूपमा बन्द भएको छ । रोजागरीका लागि मलेसिया जाने युवाहरूसँग स्वास्थ्यसंस्थाको नाममा अनेक सिण्डिकेट खडागरेर ठगी गर्दै अाएका संस्थाहरूको सबै खेल समाप्त पार्दै श्रम मन्त्रालयले स्वास्थ्य संस्थाहरूलाइ नयाँ सूचीरकणका लागि अाह्वन गरेको छ ।

सोमबार सूचना प्रकाशित गर्दै मन्त्रालयले मापदण्ड पुग्ने सबै अस्पताल र स्वास्थ्य संस्थाले सूचीकरणमा सहभागी हुन नसक्ने जनाएको छ । मन्त्रालयले सूचीकरणमा सहभागी हुन सूचनामा ६ बुँदामा शर्तहरू समेत उल्लेख गरेको छ । यस्तो छ मन्त्रालयको सूचना ।

यस्तो छ स्वास्थ्य संस्थाको मापदण्ड 

प्रकाशित मिति : 10:13