३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

बारामा हुरीको कारण २७ को मृत्यु, माैसमले साथदिए नाइटभिजन हेलिकप्टरबाट उद्धार हुन्छः प्रधानमन्त्री

१७ चैत, काठमाडाैँ । आइतबार साँझ आएको विनाशकारी हावाहुरीका कारण बारामा मात्रै २७ जनाको ज्यान गएको छ । हुरीका कारण  ४ सय भन्दा बढी घाइते भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन । प्रधानमन्त्रीले माैसमले साथदिए नाइटभिजन हेलिकप्टरबाट उद्धार गर्ने वचन दिएका छन ।

प्रधानमन्त्रले ट्वीट मार्फत भनेका छन ‘भोलि बिहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको बताउनु भएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाण्डौको एयर बेसमा ‘नाइट भिजन’ हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।’ सबै सुरक्षा निकाय र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाइ उद्धारमा जुट्न प्रधानमन्त्रीले अपिल गरेका छन ।

हुरीका कारण इँटा भट्टा, बिजुलीका पोल लडेका छन । त्यस्तै गुडिरहेका गाडीहरू समेत लडेको स्थानीयले बताएका छन ।अहिले पनि स्थानीय स्तरमा रहेका प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्दार र राहतका काम गरिरहेको छ । घाइतेहरुलाई वीरगञ्ज उपक्षेत्रीय अस्पताल तथा विभिन्न अस्पतालमा उपचारका लागि लैजानेक्रम चलिरहेको छ ।

प्रकाशित मिति : 00:17