१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

विहेको तयारी भैसकेकी सोनाक्षी सिन्हा उपयुक्त वरकाे खाेजिमा 

१७ चैत, भारत । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आफ्नो विहेको कुराकाे खुलासा गरेकी छिन् । आफ्ना साथीहरूकाे विवाहकाे कुरा भैरहँदा साेनाक्षीले उक्त कुरा खुलासा गरेकी हुन् ।  सोनाक्षी सिन्हाको आगामी फिल्म ‘कलंक’को कारण निकै चर्चामा पनि आउन थालेकी छन् ।

साथीहरू अभिनेत्री आलिया भट्ट र रणवीर कपूरको लभ लाइफलाई लिएर निकै चर्चा भइरहेको छ भने अभिनेता बरुण धवन पनि आफ्नो गर्लफ्रेण्ड नताशासँग चाँडै विहे गर्नसक्नेछन् । यसैक्रममा‘कलंक’ फिल्मकी अभिनेत्री सोनाक्षी सिन्हाले पनि आफ्नो विहेको कुरा खुलासा गरेकी हुन्।

विहे गर्दै हुनुहुन्छ ? भन्ने प्रस्नमा अभिनेत्री सोनाक्षीले यस प्रश्नको उत्तर फर्काउँदै भनिन्, ‘मैले आलिया र बरुण भन्दा पहिल्यै विहे गर्न चाहन्छु । विहेको लागि तयार छु । अब घरबार जमाउनुपर्छ । अहिले मैले जीवनसाथीलाई खोजिरहेकी छु ।’

 

प्रकाशित मिति : १७ चैत्र २०७५, आईतवार १६:३१