१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सम्बन्ध बिच्छेदकाे विषयमा प्रियंका चोपडाकाे यस्ताे जवाफ

१७ चैत, काठमाडाैं । बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड पप गायक निक जोनस बिचको सम्बन्ध बिच्छेद बारे मिडियामा चर्चा चलिरहँदा सामाजिक संञ्जालमा प्रियांकाले पारिवारिक फाेटाे पाेस्ट गरेकी छिन् । प्रियंका र निककाे सम्बन्धबिच्छेदकाे समाचार अमेरिकी म्यागाजिन ओके’ले प्रकाशित गरेकाे थियाे ।

 

खवरलाई खण्डन गर्दै प्रियंकाले भने शोसल मिडियामा पारिवारीक तस्वीरहरु शेयर गरेर खवर सत्य नभएको संकेत जनाएकी छिन् ।प्र‍ियंकाले परिवारसँग रहेको फोटोहरू शेयर गरेपछि फोटोलाई हेरेर प्रियंका आफ्नो परिवारसँग खुसी रहेकी स्पस्ट देख्न सकिन्छ । ओके म्यागाजिनका अनुसार ३६ वर्षीया अभिनेत्री प्रियंका र २६ वर्षीय निकबिच स-साना कुराहरु मतभेद आउन थालेपछि एक अर्का छुट्टिने तयारीमा लागेकाे समाचार प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आईतवार १६:१०