१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रियंका चाेपडाकाे ११ वर्ष कान्छा निकसँगकाे बैबाहिक सम्बन्ध ४ महिना पनि टिकेन

१७ चैत, भारत । बलिउड अभिनेत्री प्रियंका चाेपडाकाे ११ वर्ष कान्छा निक जोनसँगकाे बैबाहिक सम्बन्ध ४ महिना पनि नटिके जस्ताे हल्ला भारतीय सञ्चार माध्यममा अाएकाे छ । बलिउड अभिनेत्री प्रियंकाले गत डिसेम्बरमा अमेरिकी पप गायक निक जोनससँग बिबाह गरेकी थिइन् ।

उनीहरुको विवाहपछि हरेक सयम सञ्चार माध्यमको नजरमा परिरहेका प्रियंका र निकको विवाह भएको ४ महिना मात्रै पुगेको छ । तर, ४ महिना नबित्दै यी दुईको बीचमा टकराव भएको हल्ला चलेको छ ।

विवाह भएको ४ महिनामै यी दुईबीच आजभोलि मनमुटाव सुरु भएको र  दुवैले छुट्टिने निर्णय लिने सोचमा रहेको बताइएको छ । सुत्रको अनुसार उनीहरुको बीचमा हरेका कुरामा लडाईं झगडा सुरु भएको छ । भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार उनीहरुको झगडाको पछाडि हतारमा विवाह हुनु हो ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आईतवार ११:१६