३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

आफ्नो ज्यानै माया मारेर अपहरित बालिका उद्धारगरी अभियुक्त समात्ने हर्कबहादुर सम्मानित

१६ चैत, सुर्खेत । गत चैत ६ गते अपहृत बालिका उद्धार गर्ने एक नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सम्मान गरेको छ । वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका हर्कबहादुर बुढामगरलाई आज जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक वसन्त रजौरेले सम्मानपत्र प्रदान गर्नुभएको हो । “समाजमा बर्दिविनाको नागरिकले साहसिक र उदाहरणीय काम गरेकाले हामीले बुढामगरलाई सम्मान गरेका हौँ”, प्रहरी उपरीक्षक रजौरेले भन्नुभयो ।

आफनो ज्यानको वेवास्ता गर्दै अपहरित बालिकालाई उद्धारगरी अभियुक्तलाई पक्राउ गर्न सहयोग पु¥याउने बीरेन्द्रनगर नगरपालिका ८ सुर्खेतका हर्कबहादुर बुढा मगरलाई शुक्रबार सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरे । तस्वीर ः शुरबहादुर सिंह, रासस, कर्णाली प्रदेश

सम्मान प्राप्त गर्नुभएका बुढामगरले सामान्य नागरिकको हैसियतबाट अपहृत बालिकाको जीवन जोगाउन पाउँदा निकै खुशी अनुभूति गरेको प्रतिक्रिया दिनुभयो ।

प्रकाशित मिति : 21:12