एसईई परीक्षा दिननपाएपछि विद्यार्थीले लगाए प्रहरीकाे भ्यानमा आगाे
१६ चैत, बारा । प्रदेश नम्बर – २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा स्थगित भएपछि परीक्षार्थीले आन्दोलन गरेका छन् । आन्दोलनमा एसईई परीक्षार्थी र प्रहरीकाे झडपमा प्रहरीकाे भ्यानमा आगजनी समेत भएकाे छ । विद्यार्थीहरुले प्रहरीको ना १ झ ७१२ गाडीमा आगजनी गरेका हुन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा एसईई परीक्षार्थी र प्रहरीबीच झडप भएकाे हाे । परीक्षा स्थगित भएपछि आक्रोशति विद्यार्थीले इलाका प्रहरी कार्यालय जितपुरको कार्यालयलाई घेरा हाली ढुंगमुढा गरेका छन् ।
विद्यार्थी प्रर्दशन रोक्न बारा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ । प्रदर्शनमा उत्रिएका विद्यार्थीको समूहले रोकि राखेको गाडीमा आगजनी गर्न थालेपछि हवाई फायर गरेको हो । विज्ञान विषयको प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानबिन समिति गठन गरेर छानबिन समेत थालिएकाे छ । स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि परीक्षा अगावै बाहिरिएकाे छ।
प्रकाशित मिति : 13:24









