११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

अवैधरुपमा हतियार बनाउने पक्राउ

१६ चैत, नेपालगञ्ज । नेपालगञ्जमा अवैधरुपमा हतियार बन्ने गरेको पाइएको छ । वडा प्रहरी कार्यालयदेखि २०० मिटर जति टाढा नै त्यस्तो अवैध हातहतियार बन्ने गरेको हो । प्रहरीका अनुसार, नेपालगञ्ज–५ डिएसपीरोडका ६० वर्षीय जङ्गवीर नेपालीलाई हतियार बनाउने गरेको आरोपमा पक्राउ गरिएको छ ।

जङ्गवीरसँग हतियार मर्मत गर्ने लाइसेन्स रहेको छ । तर, उहाँको साथमा पुरानो हतियार रहेको र नयाँ पनि बनाइदिने गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा सात थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, एयरगन पेस्तोल एक थान, लामो स्प्रिङ्ग तीन थान, बाकस, आरनलगायतका सामग्री बरामद गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : March 30, 2019 at 11:45 am