प्रदेश नम्बर २ को चैत २१ सम्मका सबै परीक्षा रद्द गर्ने सरकारको निर्णय
१५ चैत, काठमाडौं । संघीय सरकारले प्रदेश २ को बाँकी परीक्षा रद्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार साँझ मन्त्रालयमा पत्रकार सम्मेलनको अायोजना नै गरी बाँकी परीक्षा रद्द गरेको जानकारी दिए । प्रदेश २ का सामाजिक विकास मन्त्रीको अाग्रह स्वीकार गर्दै प्रदेश २ मा चैत २१ चैतसम्मका सबै परीक्षा रद्द गरिएको मन्त्री पोखरेलले बताए ।

प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले २१ गतेसम्मका सबै परीक्षा रद्द गर्ने निर्णय लिएको हो । भइसकेको परीक्षा भने रद्द नहुने मन्त्री पोखरेलले बताए । २२ गते तोकिएको विज्ञान विषयको परीक्षा पनि सञ्चालन हुनेछ । परीक्षा रद्द भए पनि नयाँ परीक्षा कहिले हुन्छ भन्ने केही जानकारी दिइएको छैन ।


पत्रकार सम्मेलनमा सरकारको निर्णय सुनाउँदै शिक्षामन्त्री पोखरेल । भिडियो साैजन्यः न्युज एजेन्सी नेपाल ।
प्रकाशित मिति : 20:11









