३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

सरिता लामिछानेविरुद्ध  उजुरी

१५ चैत, काठमाडौं । चैत २३ गते हुने नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी कलाकार सरिता लामिछानेविरुद्ध कलाकार संघका साधारण सदस्य सुरज आरडीले जिल्ला प्रशासन कार्यालय काठमााडौंमा उजुरी गरेका छन् ।

लामिछानेमाथि २ फिल्ममात्र अभिनय गरेर सदस्यता प्राप्त गरेको आरोप लगाउँदै र कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै उनले लामिछानेविरुद्ध उजुरी दिएका हुन् । कलाकार विधानमा भने ५ वटा फिल्म अभियन गर्नुपर्ने प्रावधान राखिको छ ।

प्रकाशित मिति : 18:23