१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

निर्वाचनबारे फेसबुकबाट भ्रम फैलाउने ९ जना पक्राउ

१५ चैत, बैंकक । थाइल्याण्डमा भएको निर्वाचनका बारेमा भ्रम फैलाउने नौ जनालाई पक्राउ गरिएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत् निर्वाचनका बारेमा गलत विवरण फैलाएको भन्दै उनीहरुलाई अनुसन्धनका लागि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

थाईल्याण्डमा सन् २०१४ सैनिकले सत्ता लिएपछि गत आईतबार पहिलो पटक आम निर्वाचन भएको थियो । निर्वाचन भएपनि नतिजा सार्वजनिक नभइरहेका बेला उनीहरुले निर्वाचन आयोगलाई नै बदनाम गराउनेगरी भ्रमक समाचार फैलाएको सरकारी अधिकारीहरुको भनाई छ ।

निर्वाचन आयोगका दुई जना आयुक्तलाई हटाइएको र मतदान भइरहेको ठाउँमा छ लाख अवैध मतपेटिका मिसाइएको भन्ने भ्रमक समाचार उनीहरुले फेसबुकमा सेयर गरेका थिए । इन्टरनेट मार्फत् गलत सूचना प्रवाह गरेकाले उनीहरुलाई कम्युटर अपराध ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीका एक जना प्रवक्ता सिरिवात डिफोरले जानकारी दिनुभयो ।

उनीहरुले भने त्यो समाचार भ्रमक समाचार हो भन्ने थाहा नपाएको र सत्य समाचार नै ठानेर आफुहरुले सेयर गरेको बताएका छन् । आरोप प्रमणीत भएमा उनीहरुलाई पाँच बर्ष भन्दा बढी जेल सजाय र ३१ सय डलर जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार १५:३०