परिक्षा रद्द भएपछि एसईईका विद्यार्थी आन्दाेलित, एसपी ढकाल घाइते
१५ चैत, वीरगञ्ज । सामाजिक विषयको परीक्षा रद्द भएपछि वीरगञ्जमा एसईईमा सहभागी हुन आएका विद्यार्थी आन्दाेलित भएका छन् । एसईईको पाँचौं दिन शुक्रबारका लागि तय भएको अनिवार्य सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको छ ।

आक्रोशित विद्यार्थीहरुले वीरगञ्जको घण्टाघर आसपासमा प्रदर्शनका साथै ना१ख ७७८७ नम्बरको म्याजिक भ्यानमा तोडफोड गरेका छन् । उनीहरुले नजिकैको कलेज र अन्य सार्वजनिक सम्पत्तिमा तोडफोड गरी क्षति पुर्याएको प्रहरीले जानकारी दिएको छ ।
विद्यार्थीहरुको प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा विद्यार्थीले प्रहार गरेको ढुंगाले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रेवती ढकाललाई सामान्य चोट लागेको छ ।
प्रकाशित मिति : 12:46









