प्रदेश नं २ मा विज्ञानको परीक्षा स्थगित, आज परीक्षा हुने सामाजिक विषयको प्रश्नप्रत्र पनि बाहिरियो
१५ चैत, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाअन्तर्गत बिहीबार भएको अनिवार्य विज्ञान विषयको परीक्षा प्रदेश नम्बर २ मा स्थगित गरेको छ । यस विषयको प्रश्नपत्र परीक्षा आगाडि नै बाहिरिएकाले भन्दै बोर्डको आज बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले सूचना जारी गर्दै बिहीबार स्थगित भएको परीक्षा आगामी २२ गते सोही केन्द्रमा नै सञ्चालन हुने जनाएको छ । प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानविन हुने पनि बोर्डले जनाएको छ ।

देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ । बोर्डले सातै प्रदेशमा अनिवार्य विषयको फरकफरक प्रश्नपत्र बनाएको थियो । यसैबीच अाज हुने सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरिएको छ । शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र बिहीबार साँझनै बाहिरिएको हो ।
प्रकाशित मिति : 07:46









