१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

अमेरिकामा नेपालबारे नकरात्मकता फैलाउने नेपाली नै रहेछनः प्रचण्ड

१४ चैत, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा नेपालबारे नकरात्मकता फैलाउने नेपाली नै भेटिएको बताएका छन । बिहीबार साँझ पत्नी सीताको उपचार गरी स्वदेश फर्कनेक्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकामा रहेका केही नेपालीमा नेपालको बारेमा नकरात्मकता फैलाउने प्रवृत्ति रहेको बताए ।

उनले भने, ‘केहि मान्छेहरु अमेरिकामा यस्ता पनि रहेछन्, नेपालका शीर्ष नेताहरु अमेरीका जाँदा उनीहरुले नकारात्मक टिप्पणी गर्दा रहेछन् ।’ अमेरिकामा रहेका केही नेपालीहरुमा नेपालबाट नेता, प्रधानमन्त्री राष्ट्रपति जाँदा नकारात्मक सन्देश फैलाउन उद्त रहेको भन्दै क्रमशः तिनीहरु कमजोर हुँदै गएको बताए । प्रचण्डले आफूबिरुद्ध अमेरिकाको मेरिल्याण्ड राज्यको एक अदालतमा उजुरी परे पनि कुनै अप्रिय घटना नभएको र आफू उक्त राज्यको संसद र सिनेटमै पुगेर त्यो भ्रम चिर्न सफल भएको बताए ।

प्रचण्डले पत्नीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको बताए । प्रचण्डले पत्नी सीताको उपचार राम्रोसँग र अस्पताल प्रशासनले समेत निकै चासो दिएको पनि बताए । पत्नी सीताको उपचारका लागि प्रचण्ड चैत्र ३ गते अमेरिका गएका थिए । प्रचण्ड पत्नी सिता पार्किन्सन्स जस्तो एक प्रकारको जटिल रोगले पीडित रहेकी छिन् । अमेरिकास्थित जर्ज टाउन हस्पिटल र जोन हकिन्स अस्पतालमा सो रोगको उपचार गरिएको र उपचारपछि स्वास्थ्यमा सुधार आएको प्रचण्डले जानकारी दिए ।

प्रकाशित मिति : March 28, 2019 at 9:02 pm