७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026

पानीजहाज कार्यालयको रजिष्ट्रारमा ऋषिराज कोइराला नियुक्त

१४ चैत, काठमाडौँ । पानी जहाज कार्यालयको रजिष्ट्रारमा ऋषिराज कोइराला नियुक्त भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई पानी जहाज कार्यालयको रजिष्ट्रार नियुक्त गरेको हो ।

सरकारका प्रवक्ता गोकुल बास्कोटाका अनुसार चैत ७ र ११ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार संयुक्त रुपमा सार्वजनिक गर्दै पानी जहाज कार्यालयको रजिष्ट्रारमा कोइरालालाई नियुक्त गरेको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : 19:12