फन पार्कको जग्गा भाडामा भ्रष्टाचार गर्ने नेकपाका नेता बद्री न्यौपाने ५ लाख धरौटीमा रिहा
१३ चैत, काठमाडौँ । भृकुटीमण्डपस्थित फन पार्कको जग्गा भाडामा अनियमितता गरेकाे आरोप लागेका नेकपाका नेता एवं पूर्वमन्त्री बद्री न्यौपाने ५ लाख धरौटीमा छुटेका छन् । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री हुँदा भृकुटीमण्डप फन पार्कको जग्गा भाडामा अनियमितता गरेको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

फरार रहेका उनी बुधबार विशेष अदालतमा हाजिर भएका हुन् । विशेष अदालतले उनलाई ५ लाख धरौटी बुझाएर रिहा गर्न आदेश दिएको हाे । अख्तियारले उनीसहित १४ जनाविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ २० पैसाको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
समाज कल्याण परिषदले प्रचलित मापदण्ड र प्रकृया विपरीत भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
प्रकाशित मिति : 18:51









