११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

नेकपाका नेता योगेन्द्र गुरुङले हत्या गरी काेशीमा फालेकाे रमिलाको शव २६ दिनपछि भेटियाे

१३ चैत, इटहरी । फागुन १७ गते मोरङको बेलबारी ४ बाट गत  शुक्रबार रातिबाट हराईरहेकी २६ बर्षिया रमिला राईको स्थानीय नेकपाका नेताद्धारा हत्या गरी कोशीमा फालिएको २६ दिनपछि सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा शव फेला परेको छ ।

राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा सुनसरी प्रहरीको सहयोगमा मोरङ प्रहरीले राईको शव खोज्न एक साता बढी विशेष टोलि परिचालन गरिएपनि बुधबार कोशी ब्यारेजका स्थानीय युवाहरुको सहयोगमा राईको शव सप्तकोसी नदि बाट फेला पारिएको हो । नदिमा बोरामा शव देखेपछि स्थानीयहरुले प्रहरी लाई खबर गरेका थिए ।

हत्या आरोपमा पक्राउ परेका योगेन्द्र गुरुङको बयान अनुसार शव राईको जस्तै देखिएपनि मोरङ प्रहरीले आधिकारिक रूपमा शव पहिचान गरिसकेको छैन । महिलाको शव फेला परेकोबारे मोरङ प्रहरीलाई खबर गरिएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरी र राईका आफन्तले शव देखेपछि बेलबारीका रमिला राईकै शव हो या होइन यकिन हुने बुझिएको छ ।

प्रकाशित मिति : March 27, 2019 at 6:45 pm