३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरण गरिदै (श्रम मन्त्रालयको सूचनासहित)

१३ चैत, काठमाडाैँ । श्रम, रोजागार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था पुनः सूचीकरण गर्ने भएको छ । बुधबार सार्वजनिक सूचना प्रकाशन गरी मन्त्रालयले इच्छुक स्वास्थ्य संस्थाहरूलाइ सूचीकरणको लागि निवेदन दिन अनुरोध गरेको छ ।

मन्त्रालयले १० दिनको समय दिएर सूचीकरणका लागि अाह्वान गरेको हो । मलेसिया ठगी प्रकरणमा स्वास्थ्य संस्थाहरूकै भूमिका महत्वपूर्ण देखिएपछि मन्त्रालयले कारबाही गरेको थियो । कारबाही प्रकिया टुंगो नलागे स्वास्थ्य संस्थाहरूले सूचीकरणमा सहभागी हुन नपाउने मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयले जारी गरेको सूचना यस्तो छ । 

वैदेशिक रोजगार नियमावली (चौँथो संशोधन) २०६४ को नियम ४५ क तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नविकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ को दफा ३ बमोजिम यस मन्त्रालयमा सूचीकरण हुन इच्छुक नेपाल सरकारबाट स्वीकृतिप्राप्त स्वास्थय संस्थाले यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र नियमावली तथा कार्यविधिमा उल्लेखित निवेदनका साथ पेश गर्नुपर्ने भनि तोकिदिएको कागजातसहितको विवरण संलग्न गरी यस मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखामा रितपूर्वक निवेदन दर्ता गराउनुहुन यो सूचना सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

प्रकाशित मिति : 08:22