३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

हावाहुरीले नुवाकोटकाे बेलकोटगढी र धादिङ जोड्ने निर्माणाधिन पक्की पुल भत्कायो

१२ चैत, धादिङ । हावाहुरीका कारण धादिङको गल्छी गाउँपालिका वडा नं १ र नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ५ मा जोड्ने त्रिशुलीनदीमाथीको निर्माणाधीन पक्की पुल भत्किएको छ । त्रिशुली नदीको केउरेनीमा निर्माणाधिन पक्की पुलको ढलान गर्न तयार पारिएको फ्रेम सोमबार साँझ आएको हावाहुरीले भत्काएकाे हाे ।

५ वर्षअघि देखि निर्माण सुरु गरिएको उक्त पुलको निर्माण कार्य आधापनि सकिएको छैन । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण १ वर्ष थप गरि निर्माण सम्पन्न गर्ने  मिति थप गरिएकाे थियाे ।

प्रकाशित मिति : 15:29