३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

खानेपानी मन्‍त्री बिना मगर बेहुली बनिन्

१२ चैत, कामाडाैँ । खानेपानी मन्‍त्री बिना मगरकाे गृहजिल्ला कञ्चनपुरमा स्थानीयले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन पुगेकी छन् । मन्त्री मगर थारु पहिरनमा बेहुली झै सिँगारिएकी थिइन् । बेलुली झै सिँगारिएकी मन्त्री मगरल  नै कार्यक्रमको प्रमुख आकर्षण बनेकी थिइन् ।

खानेपानी मन्त्रीको पहिरनमा राना थारुहरुको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो । अल्पसंख्यक राना थारू समुदायको कला संस्कृति र भेषभुषाको जगेर्ना गर्न आफुले यो पहिरन लगाएको मन्त्री मगरले बताइन् । देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको मगरकाे भनाइ थियो ।

 

प्रकाशित मिति : 13:37