३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

प्रधानमन्त्रीको आलोचना गर्ने एक युवती पक्राउ

११ चैत, काठमाडाैँ ।  प्रधानमन्त्रीकाे आलोचना गरेको अभियोगमा एक युवती पक्राउ परेकी छिन् । बंगादेशकी प्रधानमन्त्रीकाे शेख हसिना वाजेदको मानहानीको अभियोगमा फिफा काउन्सिल सदस्य महफुजा अख्तर किरोनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

किरोनले प्रधानमन्त्री हसिनाले फुटबललाई वेवास्ता गरेको आरोप लगाएकी थिइन् । उनको भनाइले देशभरका नागरिकलाई हतोत्साहित गरेको आरोप लगाइएको छ । धरौटीको समेत अवसर नदिइ उनलाई शनिबार नै जेल पठाइएको छ ।  मानवअधिकारवादीले हसिनाले कडा कानुनको प्रयोग गरेको भन्दै आलोचना गरेका छन् ।एजेन्सी

प्रकाशित मिति : 16:40