हतियार बिसाएर आएमात्रै नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ताः सञ्चारमन्त्री बाँस्कोटा
१० चैत, काठमाडाैँ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हतियार बिसाएर आएमात्रै नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता हुने स्पष्ट पारेका छन । अाइतबार नेपाल प्रेस इन्स्टिच्यूटले अायोजना गरेको कार्यक्रममा मन्त्री बास्कोटाले बम बोकेका विप्लवसँग वार्ता हुन नसक्ने दोहोर्याए । मन्त्री बास्कोटाले बमसँगै राखेर चन्द नेतृत्वको नेकपासँग वार्ताको कल्पना नगर्न अनुरोध पनि गरे ।

मन्त्री बास्कोटाले बम र बारूद बोकेर अराजकता मच्चाउने समूहको पक्षपोषण हुनेगरी समाचार सम्प्रेषण भएको भन्दै अाक्रोश समेत पोखे । मन्त्री बास्कोटाले संचार माध्यामहरुले स्वतन्त्रताको उपयोग गर्ने नाममा अराजकता फैलाउने गतिविधिलाई प्राथमिकता दिन नहुने पनि बताए । मन्त्री बास्कोटाले राष्ट्रिय हितमा केन्द्रित भएर मर्यादित पत्रकारिता गर्न पनि सबै संचार माध्यामलाई आग्रह गरे ।
प्रकाशित मिति : 16:09









