एसइई परीक्षा शुरु, नेकपाकी सचेतक शान्तादेखि नयाँ शक्तिकी नेतृ करिष्मासम्म परीक्षामा सहभागी
१० चैत, काठमाडाैँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भएको छ । बिहान ८ बजेदेखि सुरू परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा चलिरहेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन । परीक्षामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चाैधरीदेखि नयाँ शक्ति पार्टीकी नेतृ करिष्मा मानन्धर समेत सहभागी भएका छन । अध्ययनको भोकले धेरै पछि उच्च शिक्षाको जग बसाल्नका निम्त दुबै नेतृले अध्ययनलाइ अघि बढाएका छन ।

यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका गरी तीनथरी परीक्षार्थी सहभागी भएका छन । यस वर्षदेखि प्रदेश सरकारको व्यवस्थापनमा पहिलो पटक परीक्षा भएको हो ।

प्रकाशित मिति : 07:53









