नेपाल बैंक लुट्ने नेकपाका नेता भण्डारी नै बैंककाे शाखा उद्घाटनकाे अतिथि
९ चैत, धादिङ । नेपाल बैंक लुटेकाे आरोप लागेका नेकपाका नेता धादिङकाे शाखाको उद्घाटन समारोहमा अतिथिको रूपमा उपस्थीत थिए । २०५४ साल माघमा नेपाल बैंकको खहरे शाखाको २० लाख रुपैयाँ नेता भण्डारीले लुटेकाे अाराेप लागेकाे थियाे । तत्कालीन अवस्थामा माओवादीको नेतृत्व सम्हालेका नेता भण्डारी बैंक लुटेको आरोपमा ०५५ जेठ १८ गते सुरक्षाकर्मीद्वारा पक्राउ परेका थिए ।

भण्डारीलाई प्रहरीले बैंक लुटेको आरोपमा मुद्दा लगाएर अदालत पेश गरेको थियो । अदालतमा नेपाल बैँकका तर्फबाट बयान दिने व्यक्तिले नेता भण्डारीले बैंकमा नलुटेको बयान दिएपछि भण्डारीले जितेका थिए ।
आरोप लागेर जेल परेका भण्डारीले २ सय ५८ औँ शाखाको रुपमा धादिङबेशीमा शाखा उद्घाटन गर्दा आफू नेपाल बैंकप्रति ऋणि रहेको भाषण गरेपछि सबै गम्भीर भएका थिए । आफूलाई सुरक्षाकमींबाट जोगाइदिएकोमा भण्डारीले आफू निकै खुशी भएको बताउँदै अब शान्ति प्रक्रियाबाट आर्थिक विकासका लागि देश अगाडि बढेका बेला आएको नेपाल बैंकले गरिबका लागि काम गर्नु पर्ने बताएका छन् ।
प्रकाशित मिति : 17:50









