७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

एनसेल बमकाण्डको जिम्मेवारी लिने प्रतिबन्धित नेकपाका नेता ओलीसहित ८ नेता पक्राउ

९ चैत, काठमाडाैँ । एक जनाको ज्यान जाने एनसेल बमकाण्डको जिम्मेवारी लिने प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ नेता–कार्यकर्ता पक्राउ परेका छन । नेपाल प्रहरीले ओलीसहित ८ नेता कार्यकर्तालाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरेको पुष्टि गरेको छ ।

प्रहरीका अनुसार काभ्रेको खानीखोला–७, मिल्चेबाट काठमाडाैँ अाउनेक्रममा  बा १७ च ४८९३नम्बरको स्कारपियो जिपबाट सुदर्शनसहित ८ नेता–कार्यकर्ता समातिएका हुन । प्रहरीका अनुसार पक्राउ पर्नेमा रामकृष्ण खतिवडा, शंकर अधिकारी, धर्मराज राजबाहक र विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन । पक्राउ परेका सबैलाइ काठमाडाैँ ल्याइएको छ । अोलीले एनसेल बम काण्डको जिम्मा लिएका थिए ।

प्रकाशित मिति : 09:13