अर्थशास्त्री प्रा. डा. मदनकुमार दाहालको निधन
८ चैत, काठमाडाैँ । अर्थशास्त्री प्रा. डा. मदनकुमार दाहालको निधन भएको छ। डा दाहालको शुक्रबार दिउँसो काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा उनको निधन भएक हो । सयौं विद्यार्थीलाई विद्यावारिधि गराएका दाहाल त्रिभुवन विश्वविद्यालयमा चार दशकदेखि अध्यापन गराउँदै आएका थिए। उनी सरकारी वित्तका विज्ञ समेत हुन ।

दाहाल मेगा बैंकको सञ्चालक समितिका पूर्व अध्यक्ष समेत हुन । अर्थशास्त्रीहरुको संगठन नेपाल आर्थिक संघको पूर्व अध्यक्षसमेत रहेका दाहालका थुप्रै अनुसन्धान प्रकाशित रहेका छन ।
प्रकाशित मिति : 18:07









