३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

रेखा थापा कडायतको मृत्यु भएकै हाे त ? आफन्त तनावमा

८ चैत, काठमाडौँ  । सेती अञ्चल अस्पतालमा सुत्केरी हुन आएकी रेखा थापा कडायतको मृत्यु भएकाे छ । अपरेशन गरेर पहिलो सन्तान जन्माएकी रेखा थापा कडायतको मृत्यु भएकाे हाे । बिरामीको अवस्था गम्भीर हुँदा अस्पतालले लापरवाही गरेको भन्दै आफन्तजन आक्रोशित भएका छन्। स्वास्थ्य बारे अस्पतालले समयमै जानकारी नदिंदा बिरामीको मृत्यु भएको आफन्तजनको आरोप छ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका ११ जुगेडाकी २२ वर्षीया थापा कडायत रहकी छन्। कडायतलाई चैत २ गते अस्पताल भर्ना गरिएको थियो। थापा कडायतले चैत ४ गते अपरेशन गरेर पहिलो सन्तान जन्माएकी थिइन्।

अपरेशन गरेको दुई दिन पश्चात चैत ६ गते थापा कडायतमा जन्डिस देखिएको थियो । स्वास्थ्य बिग्रिदै गएपछि कोहलपुर लाने क्रममाथापाको बाटोमै मृत्यु भएपछि आफन्तजन आन्दोलित भएका हुन्। आमाको मृत्यु भएपछि शिशुलाई कोहलपुर अस्पतालमै राखिएको छ। शिशुको अवस्था सामान्य रहेको बताइएको छ।

प्रकाशित मिति : 15:46