साउथ अष्ट्रेलियामा रहेका नेपालीहरूले मनाए फागु पर्व (फोटोफिचर)
एडिलेट अष्ट्रेलिया । साउथ अष्ट्रेलियामा रहेका नेपालीहरूले फागु पर्व एडिलेट स्थित बोनाथन पार्कमा जम्मा भएर मनाएका छन । प्रवासी नेपाली एकता मञ्च९ओयुएनएफ० को संयोजनमा साउथ अष्ट्रेलियामा रहेका नेपालीहरूले पार्कमा भेला भएर फागु मनाएका हुन । नेपाली संस्कृतिको संरक्षण र नयाँ पुस्तामा पर्वहरुको जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक नवीन सागरले बताएका छन ।

कार्यक्रममा ओयुएनएफका सदस्य तथा शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाली मौलिक फागु पर्वको गित संगितमा नयाँ पुस्ताका केटाकेटी निकै रोमाञ्चित भएका थिए । स्थानीय कलाकारहरुको प्रस्तुतिमा सांस्कृतिक कार्यक्रममा नेपाली अभिभावकहरुले नेपालमा जस्तै फागु रमाइलो भएको प्रतिक्रिया दिए ।
एडिलेटमा विभिन्न धार्मिक गतिविधि समेत गर्दै आएका गणेश पराजुलीले विदेशमा चाडवाड सबै सार्वजनिक विदाका दिन गर्ने चलनले चाड पर्व एकातिर उत्सव अर्को तिर भैरहेकोमा यस पटक पञ्चाङ पात्रो अनुसारकै तिथिमा गर्नाले यस कार्यक्रमको धार्मिक र सांस्कृतिक पक्ष दुबैले महत्व पाएको बताए ।



प्रकाशित मिति : 11:12









