३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

जापानसँग सोमबार श्रम समझदारी हुँदै, अप्रिलदेखि नै कार्यान्वयन गर्ने तयारी

८ चैत, काठमाडाैँ । नेपालको विकासको साझेदार जापान सरकारले नेपाली कामदार लैजाने विषयमा सोमबार श्रम समझदारी हुने भएको छ । अप्रिल पहिलो सातादेखि नै कार्यान्वयनमा अाउने गरी जापानसँग श्रम समझदारीको तयारी अघि बढेको छ । समझदारीका बुँदाहरूको बारेमा बाहिर केही सार्वजनिक नभए पनि १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको सचिवालयले जनाएको छ ।

सुरक्षित र भरपर्दो वैदेशिक रोजगारीमाम जोड दिँदै अाएका मन्त्री विष्टले नेपालीको बढीभन्दा बढी हित हुनेगरी समझदारी गर्न यसअघि नै निर्देशन दिएका थिए ।  उक्त श्रम समझदारीमा जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्ने र नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवले हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

यो पनि पढ्नुहोस्

–नेपाली युवा कामका लागि जापान जाने बाटो खुल्यो, नेपालीलाई नेपाली भाषामै परामर्श दिने जापानको नीति

–डब्लुपिएस सिस्टममा जापान पठाए कामदारले बढी सुविधा पाउँछनः अनुजकुमार श्रेष्ठ, जापानी भाषा शिक्षक

प्रकाशित मिति : 09:28