११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

काभ्रे गोली काण्डबारे विप्लव समूहले विज्ञप्ति जारी गर्याे (विज्ञप्तिसहित)

२ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका स्थायी समिती सदस्य एवं मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले मंगलबार साँझ काभ्रेको रोशी गाउँपालिकास्थित काफलडाँडामा आफ्नो तर्फबाट गोली नचलेको दावी गरेका छन् ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै ‘सुदर्शन’ ले प्रहरीले भनेजस्तो आफ्ना कार्यकर्ताले पहिले नै गोली चलाएको र प्रहरीले जवाफी फायरीङ्ग गरेको कुरा असत्य भएको दाबी गर्दै भनेका छन्, ‘निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जवाफी गोली चलाएको बकवास गरिएको छ, यो झुट्टा बकवास जनयुद्धाकमा लगाइएको सङ्कटकाललाई स्मरण गराएको छ ।’

प्रकाशित मिति : March 21, 2019 at 6:14 pm