१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

सेञ्चुरी बैंकको लाभांश : शेयर भन्दा नगद बढी

७ चैत, काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई ६.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कूल चुक्ता पूँजीको रु आठ अर्ब २५ करोड चार लाख ६२ हजार ३२९ को दुई प्रतिशतले हुन आउने रु १६ करोड ५० लाख नौ हजार २४७ बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै बैंकले चुक्ता पूँजीको ४.५ प्रतिशतले हुन आउने रु ३७ करोड १२ लाख ७० हजार ८०५ नगद लाभांश दिने निर्णय गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमका अनुसार नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश वितरण गरिने छ ।

प्रकाशित मिति : March 21, 2019 at 3:00 pm