३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

पीएचडीकाे लक्ष्यकासाथ एसईई परीक्षा दिँदै सांसद शान्ता चौधरी 

७ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट संसद्को सचेतकको भूमिकामा रहेकी प्रतिनिधिसभा सांसद शान्ता चौधरीले एसईई परीक्षा दिने भएकी छिन् । सांसद चौधरी दुई सातादेखि दाङस्थित आफ्नो निवासमा बसेर बाहिरी राजनीतिको विषयमा कुनै ध्यान नदिइ परीक्षाकालागि एकाग्र भएकी छन् ।

पाँच दिनपछि एसईई परीक्षा सुरु हुँदै छ । यो वर्ष उनी एसईईको परीक्षामा सामेल हुँदै छिन् । त्यसका लागि उनले संसद्बाट बिदाको बन्दोबस्तो मिलाएकी हुन् । परीक्षाको तयारीमा व्यस्त रहेकी उनी फोन उठाउनसमेत भ्याउँदिनन् ।

विद्यार्थीले जस्तो तालिकाअनुसार पढ्न राजनीतिज्ञलाई सजिलो हुँदैन । तर पनि सकेसम्म पढ्ने वातावरण मिलाउने कोसिस गर्छिन् उनी । ‘समय व्यवस्थापन गर्ने आफूले हो । समयको व्यवस्थापन गर्न नसकेको समस्या मसँग छ,’ सांसद चौधरीले भनिन्, ‘राजनीति गर्ने मान्छेलाई जनताको काम र पार्टीको काम गर्नुपर्ने हुन्छ । यसका बाबजुत पनि पढ्ने वातावरण मिलाउन कोसिस गर्छु ।’सांसद चौधरीको सपना पीएचडी गर्ने रहेको छ । उनले यो कुरा बेलाबेला साथीभाइलाई पनि सुनाउँदै आएकी छन् ।

प्रकाशित मिति : 09:55