३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

धादिङमा मोटरसाइकल दुर्घटनाहुँदा होली खेल्न पाेखरा हिँडेका  २० वर्षीय दिपकको मृत्यु

६ चैत, धादिङ  । होली मनाउन पोखरा जाँदै गरेका २० वर्षीय दिपक पुन मगरकाे माेटरसाइकल दुर्घटनामा मृत्यु भएकाे छ ।  काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको ग१३प ८०८५ नं.को मोटरसाइकल र हेटौडाबाट काठमाण्डौतर्फ अाउँदै गरेको ना ६ ख ४११४ नं.को ट्रक बेनीघाट रोराङ गाउँपालिका वडा नं.५ बेनीघाट गोमती पुलमा एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

दुर्घटनामा पोखरा महानगरपालिका वडा नं.२३ का पुन मगर घाइते भएकोमा उपचारका लागि काठमाण्डौतफ लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् । दुर्घटनामा पाेखराकै मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको काठमाण्डौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : 17:18