१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अनुचित व्यवहार गरेको भन्दै रोनाल्डोलाई  कारबाही

६ चैत, काठमाडौं । खेलका क्रममा अमर्यादित ब्यवहार प्रदर्शन गरेको भन्दै विश्व चर्चित फुटबल स्टार क्रिष्टियानो रोनाल्डोमाथि  कारबाही भएकाे छ । फुटबल रोनाल्डोले कारबाही स्वरुप २० हजार युरो जरिवाना तिर्नु पर्ने भएकाे छ ।

इटालियन क्लब युभेन्ट्सबाट खेल्दै आएका रोनाल्डोलाई गोल गरेपछि खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै युईएफएले कारबाही गर्ने भएको हो । गए मंगलवार राती इटालीकाे एलियन्ज स्टेडियममा भएकाे खेलमा राेनाल्डाेले अभद्र ब्यवहार प्रदर्शन गरेका थिए ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत एथलेटिको मड्रिडसँग भएको खेलमा जुभेन्टस एथलेटिको मड्रिडसँग २–० ले पराजित भएको थियो। तर, दोस्रो लेगको खेलमा रोनाल्डोको ह्याट्रिक गोलको मदतले जुभेन्टस अन्तिम ८ मा प्रवेश गरेको थियो। ह्याट्रिक गरेपछि खुसी साट्ने क्रममा रोनाल्डोले देखाएको व्यवहार अमर्यादित र अस्वभनिय रहेको युइएफएले बताएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १५:५२