३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

होली खेल्ने क्रममा नयाँ बानेश्वर चोकमा खुकुरी हानाहान, खुकुरी प्रहारबाट दुई जना घाइते

६ चैत, काठमाडौं । होली खेल्ने क्रममा दुई समूहबीच विवाद हुदाँ नयाँ बानेश्वर चोकमा खुकुरी हानाहान भएर दुई जना घाइते भएका छन्। होली खेल्दै गरेको भीडमा एक युवकले एक्कासि नाँगो खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गरेपछि पनि युवकसहितको टोलीले उनीहरुलाई लखेटेका थिए।

प्रहरीले घटना तत्काल नियन्त्रणमा लिएको थियो। खुकुरी लागि सौगात केसी र छत्र भण्डारी घाइते भएको महानगरीय प्रहरी बृत नयाँ बानेश्वरले जानकारी दिएको छ ।

प्रकाशित मिति : 14:48