काभ्रेमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, २ जना पक्राउ
५ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र काठमाडौंस्थित महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीबिच काभ्रेमा गोली हानाहान भएको छ । काभ्रेको रोसी गाउँपालिकामा दुवै पक्षबीच फायरिङ भएको प्रहरीले जानकारी दिएकाे छ । विप्लवका २ कार्यकर्ता पक्राउ प्रहरीले गरेको प्रहरीले जनाएकाे छ ।

मंगलबार साँझ विप्लव कार्यकर्ता पछ्याउँदै काभ्रे पुगकाे महाशाखाको टोलीमाथि आक्रमण भएपछि जवाफी कारवाहीमा गोली चलाएको प्रहरीले जनाएकाे छ । विस्तृत विवरण भने आउन बाँकी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रकाशित मिति : 23:54







