२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

‘जनताको आवाजलाई सम्बोधन गर्न नसक्नु शित्तल निवासको गम्भिर त्रुटी’


१७ चैत, काठमाडौँ । चैत १५ गते बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट संसद भवन जाने समयमा भएको ट्राफिक जामलाई लिएर राष्ट्रपति कार्यालयको आलोचना भैरहेको छ ।

धेरैले आलोचना गरिरहेका छन भने केहीले बचाउ र कतिपयले आलोचनात्मक सुझाव समेत दिइरहेका छन । सात दिन अघिदेखि नै राष्ट्रपति संसदमा जाने कुरा निश्चित भैसकेको अवस्थामा जसरी रुट व्यवस्थापन गर्न नसक्ने र लामो समय सवारी अड्काएर राख्ने ट्राफिक प्रहरीको प्रशासनको जति अलोचना हुनुपर्न थियो त्यती भएन नत त्यसैगरी सुझाव दिने काम भएको छ ।

दोषी राष्ट्रपति कार्यलय पनि होला तर रुट व्यवस्थापन र त्यसको पूर्व जानकारी आम सर्वसाधारणलाई दिएको भए आज सामाजिक सञ्जालमा जसरी आक्रोशयुक्त आलोचना भएका छन । यसमा कमी हुने थियो । यही बीचमा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले फेसबुक मार्फत राष्ट्रपतिलाई दिएको आलोचनात्मक सुझाव हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

राष्ट्रपतिज्यूलार्इ सुझाव !
राष्ट्रपतिज्युको संयुक्त दुवै सदनमा सम्वोधन गर्ने क्रममा हिजो भएको औपचारीक सवारीको बिषयलाई लिएर समाजमा ब्यापक टिप्पणी र आलोचना भैरहेको कुरा यहाँलाई सर्वि्दितै होला । जनताबाट यसखाले कडा टिप्पणी र आलोचना आएको यो पहिलो पटक होइन । यसबारेमा पहिलेका राष्ट्रपतिज्युको सन्दर्भमा पनि गम्भिर प्रश्न न उठेको होईन । तर जनताको आवाजलाई सही ढङ्गले सम्वोधन गर्न नसक्नु शित्तल निवासको गम्भिर त्रुटी हो । किनभने, शित्तल निवासले चलाएको प्रत्यक सवारीमा जन साधारणले किन दुस्ख र सास्ती खेप्नु पर्ने ? एउटा सवारीको कारण दशौं हजार जनताले खेप्नु पर्ने पिडालाई कुनै पनि तर्कले चित्त बुझाउन सकिन्न । जनताबाट चुनिएर गएको आफ्नो राष्ट्राध्यक्षबाट कसैले पनि यसखाले ब्यबहार अपेक्षा गरेको हुँदैन ।
तसर्थ राष्ट्रपती ज्युको तर्फबाट शितल निवासले जनतामा परेको दुस्ख कष्टको बिषयमा क्षमा याचित गर्दै यसखाले गल्ती कमजोरी भविष्यमा नदोर्होयाउने प्रण गर्न आबश्यक छ ।
म गणतन्त्रवादी हुँ, म राष्ट्रपतिज्युको प्रखर शुभेच्छुक पनि हुँ । तर यस खाले बिषयको आलोचक पनि हुँ ।वर्तमान राष्ट्रपतिज्यु दुस्ख कष्ट बुझेको, संघर्षबाटै हुर्केको र लोकतान्तृक परिपाटी बुझेको ब्यक्ती भएको कारण उहाँले जनताका सरोकारलाई गम्भिर र सकारात्मक ढङ्गले लिनु हुनेछ भन्ने आशा र विश्वाश लिन चाहन्छु । सामान्य अवस्थामा पनि जन साधारणले दुस्ख भोग्नु पर्ने काठमाण्डौको ट्राफिकमा सिङ्गो सडक नै खाली गरेर सवारी चलाउन कुनै पनि हालतमा शोभनिय कार्य होईन । यस्ता कार्यले गणतन्त्र बिरोधिहरु मात्र होईन गणतन्त्रका समर्थकहरु पनि दुस्खी भएका छन्।
तसर्थ राष्ट्रपतिज्युको औपचारिक सवारीलाई सरल, सभ्य र प्रिय बनाउन बैकल्पिक उपाय खोज्न सकिन्छ । त्यस्को निम्ती यहाँलाई सही सुझाब प्रदान गर्न पनि तत्पर छुँ । राष्ट्रपतिज्यु देशको राष्ट्राध्यक्ष मात्रै होईन, जनताको आदरणिय अभिभावक पनि हो, त्यसलाई सोही मुताविक सम्वोधन हुनु जरुरी जस्तो लाग्छ । आगे जो कृपा !

गौरी प्रधान
एक सर्व साधारण नागरिक तथा शुभेछुक ।

प्रकाशित मिति : १७ चैत्र २०७४, शनिबार १०:००